संतोष रन्जितकार
वीरगंज, १४ असोज ।
संविधान दिवसको अवसरमा बुद्धिचाल संघ पर्साले असोज २ र ३ गते आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा बिजयी भएका बिद्यार्थीहरुको अभिभावकलाई मंगलबार पुरस्कार हस्तान्तरण गरेको छ ।
सो पुरस्कार हस्तान्तरण कार्यक्रम मुनलाईट सेकेण्डरी स्कुलको प्रांगनमा स्कुलका प्रधानाध्यापक श्याम केसीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिता जनाएका सबै प्रतियोगिलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
प्रतियोगितामा पर्साका १९ विद्यालयका १ सय २३ जना सहभागि भएका थिए । जसमध्ये मुनलाईट स्कुलमा अध्ययनरथ दिब्यानी सर्राफ प्रथम स्थान हासिल गरेकी थिइन् भने जुनियर तर्फ सुरेश मुखियाले द्वितिय स्थान, साक्षी साह तृतिय स्थान हासील गरेकी थिइन् ।
कार्यक्रममा बुद्धिचाल संघका केन्द्रिय सदस्य रामकिशोर सिँह सानो पाइलाका अजितम पाण्डे, विद्यालयका शिक्षक शिक्षिका सन्चारकर्मी अजित भुजेल, सुर्यनारायण विक, बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक हेमन्त तामांगले गर्नुभएको थियो ।