वृद्धहरुको अनुभवलाई लिएर हिड्न सके आजको पुस्ता सफल हुने ः मेयर सरावगी

अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अवसरमा वीरगंजमा जेष्ठ नागरिकहरु सम्मानित

10

संतोष रन्जितकार
बीरगंज १४ असोज ।
अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अवसरमा मंगलबार बीरगंजमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
बीरगंजको होटेल मकालुमा एक कार्यक्रमको आयोजना गरि उमेरको कारण विभेद अन्त्य गरौँ भन्ने नाराका साथ ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वृद्धहरुको अनुभवलाई लिएर हिड्न सके आजको पुस्ता सफल हुने बताए । उनले ज्येष्ठ नागरिकको सम्मानले समाजमा राम्रो परम्पराको थालनी हुने तथा भविष्यमा आफुहरु पनि ज्येष्ठ नागरिकको स्थानमा पुग्ने कुराको हेक्का राख्दै आमा बुवाको सम्मानमा ध्यान दिन आग्रह गरेका थिए ।
सोही कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले भने, वृद्धका अनुभव लिएर कुनैपनी योजना कार्यन्वयन गरे काम सफल हुने बताएका थिए ।
कार्यक्रममा डा. भरत गोइतले अल्जाइमर्स बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी ज्येष्ठ नागरिक बारे उधोगी गणेश लाठले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले हिजो भन्दा आज वृद्धहरु प्रवृधि तर्फ आकर्षित हुदै गएको चर्चा गर्दै आजको पुस्ताले उनीहरुलाई प्रविधिको प्रयोग गर्ने तरिकाहरु बताउनुपर्ने बताएका थिए ।
कार्यक्रममा विष्णुमाया दाहाल, निर्मला ठकुरी, रामरति कनुइन, विसुन पंडित कहार, पशुपति विक्रम शाह लगायतलाई नगद सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका उप–मेयर शान्ति कार्की, समाजसेवी उषा शाह, जुमादिन शेख हवारी, किशोरी गुप्ता लगायतको उपस्थिति रहेको थियो ।