स्रोत नखुलेको रकम सहित दुई पक्राउ, लुटपाट गर्न खोज्ने ५ भारतीय प्रहरीको नियन्त्रणमा

9

संतोष रन्जितकार
वीरगंज, १४ असोज ।
हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले १२ लाख रुपैयाँ सहित दुई ब्यक्ति लाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको कमान्ड मा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ नारायणी अस्पताल अगाडि चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरु वीरगञ्ज वडा नम्बर १६ नगवाका बाबू छोरा आवाश अलि र अस्ताक आलमलाइ ना४९ प ६८२४ नम्बरको मोटरसाइकल चढी जादै गरिरहेको अवस्थामा चेक जाँच गर्दा उनीहरुको साथबाट श्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ परेका बाबु छोरा माथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा जनाएको छ ।

त्यसैगरी वीरगंज बसपार्कमा मंगलबार बिहानको समयमा लुटपाट गर्न खोज्ने ५ भारतीय व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जगरनाथपुर गाउपालिका.वडा नं.४ हरपुर बस्ने १५ बर्षको कन्हैयालाललाई लुटपाट गर्न खोज्ने भारत बिहार बेतिया घर बताउने २६ बर्षको अजय राम, १६ बर्षको अरुण मल्ली, १५ बर्षको भोला मल्ली, ४० बर्षको घुरिल मल्ली र २५ बर्षको सन्नी राम रहेको प्रहरीले जनाएको छ । निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्लाका प्रहरी कार्यालय पर्साले जनाएको छ ।