रमाइलो मेलाले पर्यटन प्रबद्र्धनमा भुमिका खेल्ने भएकोले सभ्यताको परिचय दिनु पर्छ ः सांसद यादव

14

वीरगंज, १५ असोज ।
वीरगंजको घण्टाघर नजिक रहेको वीपी उद्यानको जग्गामा बुधबार देखी रमाइलो मेला २०७६ शुरु भएको छ ।
वडा दशैंको उपलक्ष्यमा आस्था नेपालले आयोजना गरेको सो रमाइलो मेला २०७६ को उद्घाटन एक कार्यक्रमका बीच पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप सांसद यादवले रिबन काटी तथा परेवा उडाई गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले दशैंको अवसरमा आयोजित मेला भव्य र सभ्य बनाउ सम्बन्धीत सबैमा अपिल गरे । मन्तव्य मार्फत दशैंको सुभकामना व्यक्त गर्दै सांसद यादवले दशैंको उपलक्ष्यमा आयोजित मेला वीरगंजको पर्यटन प्रबद्र्धनमा पनि भुमिका खेल्ने भएकोले सभ्यताको परिचय दिनु पर्ने आग्रह गरे । प्रत्येक बर्ष दशैंको अवसरमा आयोजना हुने मेलामा सिमावर्ती भारतबाट र वीरगंज आसपास कै मात्र सहभागिता हुने गरेको बताउदै सांसद यादवले अझै यसको सहभागि बढाउनु पर्नेमा जोड दिए ।
मेला समितिका अध्यक्ष कुन्दन सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इश्वर यादव, स्वकिय सचिव निखिल बर्णवाल, विधार्थी युनियनका सचिव सुजित गिरी, आस्था नेपालका अध्यक्ष गौरव बर्मा लगायतको उपस्थिती रहेको थियो ।
असोज २५ गते सम्म लाग्ने मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको कला प्रस्तुत गरिने, संगेतिक तथा नृत्यको प्रस्तुती, मनोरंजनातमक झुला व्यापारी र खाद्यान्न स्टलहरु आदि रहेको आयोजकले जनाएको छ ।