संतोष रन्जितकार
वीरगंज, १५ असोज ।
बीरगंज महानगरपालिकाको राजस्व संकलन तथा अनुगमन समितिले बुधबार महानगरपालिकाको वडा नम्बर ४ मा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वडा अध्यक्ष जगत साह कानु, वडा सदस्यहरु, महानगरपालिकाका सचिव, सहायक सचिव लगायतका कर्मचारीहरुलाई, अनुगमन समितिका संयोजक प्रदिप चौरसियाले वडा नम्बर ४ मा संचालित विभिन्न किसिमका व्यवसायलाई करको दायरामा ल्याउनुका साथै घर जग्गाको नक्सा पास, घरवहाल कर, व्यवसाय कर, व्यवसाय कर प्रमाण पत्रलाई प्रभावकारी तथा पारदर्शी ढंगले कार्यान्वयन गर्न आग्रह गर्नु भयो । वडामा संचालित व्यापार व्यवसायलाई करको दायरा भित्र ल्याउनको लागि आपसी समन्वयमा घुम्ती टोली गठन गरी निरिक्षण गर्न समेत आग्रह गर्नुभयो । सो अवसरमा राजस्व संकलन तथा अनुगमन समितिका सदस्य राजकिशोर गुप्ता, दशरथ राउत कुर्मी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामदयाल लगायतको उपस्थिति रहेको थियो ।