कुस्ती मधेसी समुदायको परम्परा हो ः युवा नेता चौरसिया

20

संतोष रन्जितकार
वीरगंज, १६ असोज ।
पर्साको बिन्दबासिनी गाउँपालिकाको इटियाहीमा कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं. ३ को इटियाही टोलमा सो कुस्ती प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको प्रमुख अतिथि युवा नेता मधुसुदन चौरसियाले रिबन काटी कार्यक्रम उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि चौरसियाले कुस्ती मधेसको पहिचान रहेको बताउदै कुस्ती मधेसी समुदायको परम्परा रहेकोले यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।
नेता चौरसियाले कुस्ती खेलले आज अन्तर्रा्ष्ट्रिय पहिचान पाईसक्दा पनि हाम्रो देशबाट कुस्ती खेल्ने पहलवानहरुलाई समेत अन्तर्रा्ष्ट्रिय स्तरको खेलको लागि तैयार पार्न र कुस्तीलाई राज्य र समाजले समेत सहयोग गर्न आवश्यक रहेको उनको भनाई रहेको थियो ।
कार्यक्रममा स्थानीय अगुवा बाबुलाल चौरसिया, प्रेम चौरसिया, विक्रम पटेल, नथुनी चौरसिया, महिन्द्र साह, देवनारायण साह, जय प्रकाश चौरसिया, सन्तोष चौरसिया, मुनिलाल दास, रिखी साह, ओमप्रकाश सहनी, अमरजित चौरसिया, अनुज चौरसिया, चन्द्रमोहन चौरसिया, सुजीत चौरसिया, स्वयंसेवकहरु लगायत स्थानिय नेता तथा अगुवाहरुको उपस्थिति रहेको थियो ।

https://ankushdaily.com/