फोटो पत्रकारहरुको सदस्यता वितरण

कटिबद्ध भइ आफ्नो क्षेत्रमा लाग्न अध्यक्ष चौहानको आग्रह

2

वीरगंज, १६ असोज ।
नेपाल फोटो पत्रकार महासंघ पर्साले आफुसंग आवद्ध भएको सदस्यहरुलाई परिचय पत्र र ज्याकेट वितरण गरेको छ ।
बिहिकार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा फोटो पत्रकारहरुलाई प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले सदस्यता र ज्याकेट वितरण गर्दै आ–आफ्नो क्षेत्रमा कटिबद्ध भएर लाग्न अनुरोध गर्नुभयो । हजार शब्दले व्यक्त गर्न नसकेको विचार एउटा फोटोले प्रवाह गर्न सक्छ भन्दै फोटो पत्रकारहरुले जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्न आग्रह गर्नुभयो ।
नेपालीहरुको महानपर्व बडादशै, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहानको अध्यक्ष्तामा सम्पन्न सो कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ २ का अध्यक्ष राम सरार्फ, उपाध्यक्ष पंकज श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।