होटल तथा पर्यटन व्यवसायी संघको भव्य कार्यक्रम

पदाधिकारीहरुद्वारा दियालो लडर्समा पदभार ग्रहण

58

वीरगंज, १६ असोज ।
होटल तथा पर्यटन व्यबसायी संघ वीरगंजको पदस्थापन कार्यक्रम बुधबार बेलुकी दियालो लडर्स प्लाजामा सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, वीरगंज महानगरपालिकाका नेकपा अध्यक्ष रहबर अंसारी, वीरगंज महानगरपालिका नेपाली कांग्रेसका सभापति भोला साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा लगायतकाहरुले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए ।

दियालो लर्डस प्लाजाको सभाहलमा सम्पन्न सो पदस्थापन कार्यक्रम होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न भएको र उनी लगायत बरिष्ठ उपाध्यक्षमा रचेन्द्र सिंह थापा, उपाध्यक्षमा छत्र बहादुर श्रेष्ठ, महासचिवमा कुल बहादुर बस्नेत, सचिवमा लक्ष्मी प्रसाद पाठक, कोषाध्यक्षमा पुष्पलाल श्रेष्ठ समेतले आ–आफ्नो पदभार ग्रहण गरेका थिए ।
यसैगरी संघको सदस्यहरुमा शेखर चौधरी, सन्दिप बस्नेत, सुरेश साह सोनार, हिरा श्रेष्ठ, सञ्चमाया श्रेष्ठ, शुशिला थापा, निशा श्रेष्ठ, कुबेर कार्की र नरेन्द्र मोक्तानले पनि पदभार ग्रहण गर्नु भएको थियो ।

https://ankushdaily.com/