अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा सहित नारायणी वयोधा अस्पताल वीरगंजमा संचालित

32

वीरगंज, १७ असोज ।
नारायणी वयोधा अस्पतालले वीरगंजमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने जनाएको छ ।
नारायणी वयोधा अस्पताल करिब डेढ सय करोडको लगानीमा बनेको र एक सय पचास सैया क्षमताको यो अस्पताल अहिले पचास सैयामा सञ्चालन भइरहेको यसका संचालक लब्ध प्रतिष्ठित उद्योगपति अशोक बैधले बताउनु भयो ।
अस्पतालले शुक्रबार होटल दियालो लडर्स प्लाजामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक रबि चौधरीले आफुहरु विगत सात वर्षदेखि काठमाण्डौंमा सेवा प्रदान गर्दै आएको भएतापनि वीरगंज बासीहरुको आवश्यकतालाई महसुस गरेर आफ्नो वयोधा ग्रुपले यहाँ अस्पताल संचालन गर्ने निर्णय गरेको बताउंदै वीरगंजमा रहेको अन्य अस्पतालहरुको शुल्क जस्तै वयोधाको शुल्क हुने तर सेवा धेरै गुणस्तरीय रहने बताउनु भयो ।
प्रबन्ध निर्देशक अध्यक्ष गुप्ताले गम्भिर प्रकृतिका रोगहरुको उपचार अब वीरगंज मै सम्भव भएकोले उपचारको लागि अब अन्यत्र जानु पर्ने आवश्यकता नभएको बताउनु भयो ।
सो अवसरमा डा. रजनीश भारतीले वयोधाले गुणस्तरमा हामी कसैसंग कुनै सम्झौता नगर्ने भएकोले वयोधा अस्पतालमा विरामीहरुले बढी खर्च हुने मानसिकता त्याग्नु पर्ने तर्क गर्नु भयो ।