पत्रकारहरु असली समाजसेवक हुन ः अध्यक्ष चौहान

7

महोत्तरी, १७ असोज ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहानले पत्रकारहरु समाजको असल समाजसेवी भएको बताउनु भएको छ ।
शुक्रबार बर्दीवासमा महोत्तरी मीडिया प्रा.लि.द्वारा सञ्चालित महोत्तरी पोष्टको प्रथम वार्षिकोत्सवमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौहानले अनलाईन मीडिया कतिको सशक्त छ त्यसको ज्वलन्त उदाहरण पूर्व सभामुख कृष्ण बहादुर महरा प्रकरणले प्रमाणित गरेको भन्दै यसको दुरुपयोग हुने सम्भावना पनि रहेको तर्फ सबै पत्रकारहरुलाई सचेत रहन आग्रह गर्नुभयो । अन्य पेशाकर्मी डाक्टर, इन्जिनीयर, वकिल कहाँ कुनै काम विशेषले जांदा पैसा तिर्नुपर्ने भएतापनि समाचारको खोजीमा पत्रकारहरु सदैव खटीरहेको र कोही व्यक्तिले कुनै समाचार दिएकोमा पत्रकारहरु त्यसवापत कुनै शुल्क नलिने भएकोले पत्रकारहरु समाजको असली समाजसेवीको रुपमा आफ्नो छवी निर्माण गर्न सफल भएको बताउनु भयो ।
सो कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष चौहानले महोत्तरी पोष्टको कार्यालय समेत उद्घाटन गर्नुभएको थियो ।
सो समारोहलाई सम्बोधन गर्दै प्रदेश नं. २ का सभासद शारदा थापाले महोत्तरीका पत्रकारहरु जिम्मेवारीपूर्वक आ–आप्mनो कार्यक्षेत्रमा खट्ने गरेकोले भ्रष्टाचारी माफीया पत्रकारहरुसंग तर्सेको बताउनु भयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का अध्यक्ष हिरालाल गौतम, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, भंगहा नगरपालिकाका मेयर सञ्जीव कुमार साह, अFैरही नगरपालिकाका मेयर सुनिल कुमार यादव, वरिष्ठ पत्रकार गोपाल बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम महोत्तरी मीडिया प्रा.लि.का अध्यक्ष अमृत महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।