राजपा नेपाल पर्साद्वारा दशैंको शुभकामना आदान–प्रदान

62

संतोष रन्जितकार
वीरगंज, १७ असोज ।
राष्ट्रिय जनता पार्टी पर्साले नेपालीहरुको महान पर्व बडा दशैं, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो शुभकामना आदान–प्रदान कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपाल पर्साका जिल्ला संयोजक जगदिश पटेलको अध्यक्षतामा सम्पन्न भएको हो । सो कार्यक्रम राजपा नेपालका सांसद लक्षमण लाल कर्णको प्रमुख आतिथ्यमा समपन्न भएको थियो ।
कार्यक्रममा वक्ताहरुले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु र देशविदेशमा रहेका नेपालीहरुलाई सुख र समृद्धि र सु–स्वास्थ्यको दीर्घायुको कामना गर्दै शुभकामना साटासाट गरेका थिए । वक्ताहरुले हिन्दुहरुको सबैभन्दा ठूलो र महान पर्व रहेकोले यसलाई सदभावको रुपमा मनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा राजपा नेपालका नेता एवम् प्रदेश सभा सदस्य रमेश कुर्मी, करिमा बेगम, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायत विभिन्न नेता तथा कार्य कर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

https://ankushdaily.com/