हस्ताक्षर अभियान दोस्रो दिन पनि जारी

11

संतोष रन्जितकार
वीरगंज, २७ असोज ।

वीरगंज बिकाश युवा संर्घष समितीले सोमबार दोस्रो दिन पनि वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान जारी गरेको छ ।
नेपाल सरकारको निर्णय अनुसार वीरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्न दबाव दिन हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितिका सदस्य युवा नेता रंजित चौरसियाले वताए । संघर्ष समितिका सदस्य अकलेश साहको अध्यक्षतामा भएको दोस्रो दिनको हस्ताक्षर अभियानको उद्घाटन पर्साको बिन्दवासिनी गाउ“पालिकाका उपाध्यक्ष किरण देवीले गर्नुभएको थियो । उपाध्यक्ष देवीले सवारी साधन बढदै छ, जनसख्या बढ्दै छ भने बाटो पनि फराकिलो गर्नुपर्ने बताए । त्यसको लागि हामी सबै पर्साका जनता एकजुट भएर यो अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
अदालतले कार्तिक ७ गते सम्म मात्र नतोडन आदेश दिएको बताउदै उनले यसलाई भ्रम छर्ने काम गरिएको बताए । नेकपाका युवा नेता समेत रहेका अकलेश साहले हस्ताक्षर अभियान तिन दिन सम्म चल्ने र संकलित हस्ताक्षर भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई बुझाइने बताउनुभयो ।
कार्यक्रममा संबिधान सभा सदस्य जयप्रकाश थारु, सन्चारकर्मीमा जाकिर हुसेन, संजिव मिश्रा, समितिका सदस्य विवेक कुमार साह, महमूद अंसारी, राकेश पटेल, सन्दिप विक्रम साह लगायतको उपस्थिती रहेको थियो ।