ग्रीन सिटीद्वारा ११ औं चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न

32

संतोष रन्जितकार
वीरगंज, २८ असोज ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा ११ औं चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सो वृक्षारोपण कार्यक्रम ग्रीन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको हो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक गौतम थापा रहनु भएको थियो । पर्साका प्रहरी नायब उपरिक्षक थापाले टाउनहल बाहिर सडकपेटीमा वृक्षा रोपी पानी हाली कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

सो वृक्षारोपण कार्यक्रम टाउनहलको सडकपेटीबाट शुरु गरी आदर्शनगर पानी टंकीमा पुगेर सम्पन्न भएको थियो । सो वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका ३० बिरुवाहरु रोपिएका थिए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत उमेश बस्नेत, पर्सा ट्राफिकका प्रहरी निरिक्षक राजकुमार सिंह, भारतीय दूतावासका सुरेश कुमार वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, प्रहरी नायब निरिक्षक अरुण राय, रुंगटा वेलफेयर सोसाइटीका सुरेश रुंगटा, मुकेश खेतान, कमल चौगाई मुर्ली जालान र आदर्श स्कुलका विद्यार्थीहरु लगायत भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।