जेसिजद्धारा हाजिरी जवाफ प्रतियोगिता

66

संतोष रन्जितकार
कलैया, २८ असोज ।

कलैया सिटी जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत मंगलबार छैठौ दिन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । उक्त हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमका प्रमुख आतिथ्य कलैया सिटी जेसीसका पुर्व अध्यक्ष एव मनकामना स्कुलका प्रधानाध्यापक रामबाबु प्रसाद कुशवाहा रहेका र कलैया सिटी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भयो ।
उक्त हाजिरी जवाफ प्रतियोगितामा ६ वटा स्कुलको सहभागिता रहेको थियो । मनकामना से.बो.स्कूल प्रा.लि., इन्टरनेशनल इ·िलस बोर्डि· स्कुल, बाल विद्या मन्दिर सेकेन्ड्री बोर्डि· स्कूल, श्री सिद्धि विनायक ई.बो. स्कूल र कलैया ब्राइट लैण्ड कलैया, बीच प्रतियोगिता भएको थियो भने प्रतियोगितामा जम्मा ६० वटा प्रश्न सोधिएको थियो । मनकामना बोर्डि· स्कूलले १३ वटा प्रश्नको जवाफ दिएर प्रथम भएको थियो भने बाल विद्या स्कूलले ११ वटा प्रश्नलाई जवाफ दिएर दोस्रो स्थान हासिल गरेको थियो र सिद्धी विनायक स्कुलले ९ वटा प्रश्नको उत्तर दिइ तेस्रो हुन पुगेको थियो ।
हरेक स्कूलबाट ३ जनाको एउटा समुह बनाइएको थियो जसमा प्रथम हुने स्कूलका विद्यार्थी आनन्द पटेल, अकास विक्रम शाह र अमना खातुन, दोश्रो स्कूलका विद्यार्थी नन्दनी गुप्ता, आकाश गुप्ता र आमिल खान तथा तेश्रो स्कूलका विद्यार्थी रितिक कुमार गुप्ता, चीनी गोस्वामी र रामविलास मण्डललाई पुरस्कार समेत वितरण गरिएका थियो ।
जेसीस सप्ताह अन्तर्गत पहिलो दिन रक्तदान गरि शुभारम्भ गरिएको थियो भने दोश्रो दिन विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरको सरसफाई, तेश्रो दिन जेसीज परिचय तथा नेतृत्व विकास तालिम, चौथो दिन कलैया नगरमा भित्र प्रवेश गर्ने चारै दिशाको मुल सडकमा होडींग बोर्ड लगाइएको, पाँचौ दिन विद्यार्थीहरुलाई लक्षित गरि सवारी दुर्घटना तथा ट्राफिक नियम सम्बन्धि अभिमुखिकरण तालिम गराएको र बुधवार अनाथालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रगी वितरण गरि कार्यक्रमको समापन गरिनेछ ।
ऊक्त कार्यत्रममा कलैया सिटि जेसिजका नि.वर्तमान अध्यक्ष धनीलाल साह सोनार, महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, कार्यकारीणी उपाध्यक्ष जेसी संदिप बरै, जेसी रोशन सहनी लगायत सुदिप मण्डल, इन्दुदेव साह तथा अन्य पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक पवन कुशवाहाले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमको संचालन उपाध्यक्ष जेसी शम्भु गुप्ताले गरेका थिए ।

https://ankushdaily.com/