फरार अभियुक्तहरु पक्राउ

31

संतोष रन्जितकार
वीरगंज, २८ असोज ।

पर्सा प्रहरीले विभिन्न अपराधमा अदालतबाट सजाय पाएर फरार रहदै आएका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीले पर्साको पकाहा मैनपुर गाउपालिका वडा नम्बर १ धोरे बस्ने ४८ वर्षीय मदन प्रसाद चौहान र सोही ठाउका ५५ बर्षीय मेघराज साहलाइ पक्राउ गरेको हो ।
पक्राउ परेका चौहानलाई जिल्ला अदालत पर्साको २०७५ साल बैशाख २४ गतेको फैसलाले लागुऔषध गाँजा र चरेश मुद्दामा ९ महिना २३ दिन कैद र रु.५ हजार जरिवाना गरेको थियो भने साहलाई जिल्ला अदालत पर्साले २०७६ साल असोज २७ गतेको फैसलाले सोही मुद्दामा २ बर्ष १९ दिन कैद र रु. ७ हजार जरिवाना गरेको थियो । उनीहर दुबैजनालाई आफनै गाउघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी चार वर्षदेखि जबजस्ती करणी उद्योग मुद्दामा फरार रहेका बिरगंज महानगरपालिका २ छपकैया बस्ने ५१ बर्षिय मक्सुद मिया तेलीलाइ पर्सा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तेलीलाई पर्सा जिल्ला अदालतको २०७२ जेठ ०५ गतेको फैसलाले जबरजस्ती करणी उद्योग मुद्दामा रु.१ हजार जरिवाना तोकेको थियो । आफ्नै गाँउघरमा लुकिछिपी बस्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीको लागि पर्सा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

https://ankushdaily.com/