रेडक्रसद्वारा विश्व हात धुने दिवसको अवसरमा हात धुने विधि सम्बन्धी जनचेतना

34

संतोष रन्जितकार
वीरगंज, २९ असोज ।
विश्व हाथ धुने दिवसको अवसरमा रेडक्रस फर्साले मंगलबार एक कार्यक्रमको अयोजना गरेको छ । रेडत्रस पर्साले आयोजना गरेको कार्यक्रममा बाटोमा हिड्ने यात्रुहरुलाई हाथ धुने ६ बिधि बारे जानकारी गराउदै साबुन पानीले हाथ धुन लगाइ जनचेतना फैलाउने कार्य गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी पर्साको फरियोजना समितिका सयोजक दयाशंकर सिंहको अध्यक्षतामा सञ्चालित हाथ धुने कार्यक्रममा रेडत्रस प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाँ, रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कँडेल, उपमन्त्री साबिर अहमद एराज, बिनोद गिरी, दिनानाथ रौनियार, बिरशम्शेर प्रसाद कुर्मी, गिरिस गिरी, राहुल गुप्ता लगायत बाटोमा हिडिरहेका यात्रु, बिद्यार्थी लगायतलाई निम्त्याउदै हाथ धुन लगाएको थियो भने हाथ धुने ६ विधि बारे कार्यक्रम अधिकृत उमेश मिश्राले जानकारी गराउनु भएको थियो ।