संतोष रन्जितकार
वीरगंज, २९ असोज ।
ईलाका प्रहरी कार्यालय पोखरीया पर्साले १ कवीन्टल १० किलो मरिच सहित मोटरसाईकल पक्राउ गरेको छ ।
मंगलबार राती भारत तर्फ लगरिहेको अवस्थामा सुपर स्पलेन्डर मोटरसाईकल र यात्रुबाहक बस जाँच गर्दा छुटाछुटै ठाउँबाट सो परिमाणको मरिच बरामद भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।
वीरगंजबाट भिस्वा तर्फ गईरहेको बस र छिपहरमाई गाउँपालिका वडा नम्बर ४ बन्जारीबाट र सुपर स्पलेन्डर मोटरसाईकलमा लगिरहेको अवस्थामा बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ बहुअर्वा भाटठामा चेकजाँचको क्रममा पक्राउ गरिएको पोखरीया प्रहरीले जनाएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय ठोरीले भारी परिमाणमा अबैध मदिरा बरामद गरेको छ । प्रहरी गस्ती टोलीले पर्साको ग्रामिण ठोरी नाकाबाट स्कारपियो गाडीमा भारत तर्फ लग्दै गरेको अवस्थामा सो अबैध मदिरा बरामद गरेको हो ।
ठोरी गा.पा.वडा नं.२ स्थितबाट सोमबार साझको समयमा द्यच्ण्टत्ख्द्धघघज्ञ नं.को भारतिय स्कारपियोमा अवैध सिल प्याक मदिरा टुबोर्ग बियर १२ बोतल, टाईगर बियर १२ बोतल, किङफिसर २४ बोतल, ब्यारन रक्सी ५४ बोतल, गोल्डेन ओक ३६ बोतल र, सिग्नेचर ३६ बोतल, रुसलान भोड्का ३६ बोतल लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा फेला पारी रक्सी, गाडी र २ जना मानिसहरु सहित प्रहरीले पक्राउ गरेको थियो ।
पक्राय पर्नेमा भारत बिहार जिल्ला पश्चिम चाम्पारण नरकटियागञ्ज बस्ने बर्ष २७ को भोला कुमार जैसवाल र पर्सा ठोरी गा.पा.२ सिन्दर बस्ती बस्ने बर्ष २० को राजु साह रहेका छन् । पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।