राजपा नेपाल पर्साद्वारा प्रतिनिधि सभासदस्य साहको पक्राउको विरोध गर्दै टायर बाली प्रदर्शन

16

संतोष रन्जितकार
वीरगन्ज, २९ असोज ।
राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल पर्साले वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन गरेको छ ।

मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि राजपा नेपालले विरोध गर्दै चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

राजपा नेपाल बीरगन्ज महानगर कार्यसमिति, युवा महानगर कार्यसमिति, युवा दस्ता कार्यसमिति एवम् राष्ट्रिय विधार्थी संघको नेतृत्वमा सयौंको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरूले वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन र ताला बन्दी समेत गरेको राजपा नेपालका महासचिव शिव पटेलले बताए ।
वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शनमा महानगर अध्यक्ष लियाकत अली, नेता राजकुमार सर्राफ, युवा दस्ता अध्यक्ष बिष्णु पटेल, महानगर युवा अध्यक्ष राजु गुप्ता, ठाकुर राम बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष अमित यादव, सचिव सगिरअली, राष्ट्रिय बिधार्थी संघका जिल्ला उपाध्यक्ष सुमित चौरसिया, बिधार्थी नेताहरू रवि चौरसिया, हरि यादव, युवा नेताहरू उमेश गुप्ता, राजा ठकुराई, अरेश आजम, सज्जाद हुसेन लगायतको उपस्थिति रहेको थियो ।
प्रहरी नियन्त्रणमा रहेका सांसद साहलाई बुधबार धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।