वीरगंज महानगरपालिकाको समिक्ष गोष्ठी सम्पन्न

वडा स्तरबाट हुने बार्षिक बिकासका कार्यहरुलाई अझ दरिलो बनाउनु पर्छ ः नगरप्रमुख सरावगी

17

वीरगन्ज, २९ असोज ।
वीरगन्ज महानगरपालिकाको बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । वीरगन्जको होटल पुजनमा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा गत आर्थिक बर्षको समिक्षा गोष्ठी सम्पन्न भएको हो ।

समिक्षा बैठकमा बोल्दै नगरप्रमुख सरावगीले वडाबाट हुने समाजिक बिकासका कार्यहरुमा जोड दिएमात्र महानगरपालिकाको मानव सुचकांक राम्रो हुने धारणा व्यक्त गर्नुभयो । उहाले वडा स्तरबाट हुने बार्षिक समाजिक बिकासका कार्यहरुलाई अझ दरिलो बनाउनु पर्ने आवश्यकता रहको बताउनु भयो । नगर प्रमुख सरावगीले जन प्रतिनिधि तथा कर्मचारीहरु बिचको समन्वयात्क कार्यलाई दरिलो बनाउदै महानगरपालिकाका सबै महाशाखाहरुको काम कार्यवाहिलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएका थिए । उहाले सघं र प्रदेश सरकारबाट स्थानिय निकायले पाउने सहयोग एवम सहकार्य पुर्ण रुपले हुन नसकेको कारण स्थनिय निकायहरुमा निरासाको भावना सिर्जना भएको बताउनु भयो ।
महानगरपालिका अर्न्तगका ९ वटै महाशाखा प्रमुखहरुले प्रस्तुत गरेका बार्षिक कार्यप्रगति माथि टिप्पणी तथा सुझावहरु प्रस्तुत गर्दै विश्लेषक गणेश लाठ एवम् बरिष्ठ पत्रकार जगदिश शर्माले करको दायरालाई फराकिलो पार्दै चालु आर्थिक बर्षमा महानगरपालिकाको आर्थिक आमदानी बढाउन सुझाव दिनु भएको थियो । बिश्लेषक लाठले एडिबिको नक्शामा सुधार गर्दै नाला निर्माणको बहावलाई परिवर्तन गरे आदर्शनगरलाई डुबानको समस्यालाई समाधान गर्ने तर्फ पहल गर्न सुझाव दिनु भयो । त्यसैगरी बरिष्ठ पत्रकार जगदिश शर्माले करको दायरालाई बढाउदै अशुलि प्रक्रियालाई अझ मजबुत बनाउनु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारी, वडा अध्यक्ष प्रदिप चौरसिया, कार्यपालिका सदस्य अरबिन्द गुप्ता, विभिन्न वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।