अन्तराष्ट्रिय बिफत जोखिम न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यत्रम

18

संतोष रन्जितकार
वीरगंज, ३० असोज ।
अन्तराष्ट्रिय बिफत जोखिम न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी पर्साको सहकार्यमा र बिपत ब्यवस्थापन समिती फर्साको आयोजनामा सो अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको हो ।
कार्यक्रमले जिल्लाको प्रत्येक पालिकामा बिपत ब्यवस्थापन समिती गठन गर्ने, बिपत ब्यवस्थापन कोष खडा गर्ने, पालिकामा एक जना फोकल पर्सन राख्ने, आउदो शितलहरका लागी प्रत्येक पालिकाले अहिले देखी जुटने र पालिकाले समाजिक संघसंस्थाहरुलाई पनि फरिचालन गर्ने निस्कर्ष निकालेको थियो । सो अन्तरक्रिया कार्यत्रममा प्रमुख जिल्ला अधिकारीले पर्साका १४ स्थानिय तह मध्ये मात्रै ६ वटा तहका प्रमुख प्रशासकिय अधिकृत यस्तो कार्यक्रममा सहभागी भएको बताउनु भएको थियो ।
सहभागी हुनेमा वीरगंज महानगरपालिका, छिपहरमाई, कालिकामाई, सखुवाप्रसौनी, ठोरी, जगरनाथपुर गाउँपालिकाहरु रहेका छन भने अरु कुनै पालिकाको अधिकृतहरुको सहभागीता नरहेको जनाइएको थियो ।
यसै गरी पालिकाहरुमा अझ बरुणयन्क्र चाहिने, दक्ष जनशत्ति कम्तीमा २ सय पचास चाहिने नेपाल रेडक्रस सोसाईटीका उमेश मिश्राले बताएका थिए । अहिले सम्म बरुणयान्क्रका लागी कती वटा जनशत्ति छ भने प्रसंगमा डाटा नरहेको गुनासो सहभागीहरुले गरेका थिए ।
कार्यक्रममा जोखिममा रहेका पालिका र वडाहरुको पनि डाटा संकलनमा कमजोरी पनि देखिएको कार्यक्रममा सहझागी वक्ताहरु बताए ।
कार्यत्रममा नेपाल पत्रकार महासंघ नेपाल प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, छिपहरमाई गाउँपालिकाका देवनाथ साह, कालिकामाई गाउँपालिकाका राजु साह, सखुवाप्रसौनीका संन्देश यादव, गैरसरकारी संस्था महासंघ नेपाल फर्साका अध्यक्ष छठु साह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यत्रम प्रमुख जिल्ला अधिकारी नरायाण प्रसाद भटराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य सहायक प्रमुख जिल्ला अधिकारीले गर्नु भएको थियो ।