कलैया सिटी जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा खानेकुरा वितरण

35

कलैया, ३० असोज ।
कलैया सिटी जेसिजको सप्ताह व्यापी कार्यक्रम बिहिबार सम्पन्न झएको छ । कार्यक्रमको अन्तिम दिन बिहिबार कलैया स्थित अमृता अनाथ आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा खानेकुरा हस्तान्तरण गरि कार्यत्रम समापन गरिएको हो ।
सो समापन समारोहको प्रमुख अतिथि समेत रहेका नेकपा बाराका युवा नेता मुकेश साहले यो सप्ताहव्यापी कार्यक्रमले बारा जिल्लामा आफ्नो छुटै पहिचान बनाएको तथा स्थानिय युवाहरुलाई तालिमको माध्यमले नेतृत्व र व्यक्तित्व विकास गराएको प्रति धन्यबाद व्यक्त गरेका थिए । उहाँले बारा जिल्लामा रहेका एतिहासिक पर्यटकीय स्थलहरुको लागि प्रदेश सरकारसँग समन्वय गरि अगाडी बढन सुझाव समेत दिएका थिए ।
त्यसैगरी विशिष्ट अतिथिमा मधेसी नागरिक समाज बाराका संयोजक मोबारक अन्सारीले देशमा नै स्वरोजगारको व्यवस्था ह्ुँदा–हुँदै युवाहरुले विदेशिने प्रति बढि चासो रहेकोमा दुःख व्यक्त गर्दै युवाहरुले नेपालमा नै आफ्नो सीप र दक्षतालाई प्रयोग गरि देश विकासमा सहयोग पुर्‍याउनमा जोड दिए ।
सप्ताहव्यापी कार्यक्रम अर्न्तगत समापन समारोहमा सहभागी भएकाहरुलाई पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको थियो । साथै समापन समारोहमा छिमेकी शाखाका अध्यक्षहरुलाई मायाको चिनो तथा कलैयाका अस्थाई ट्राफिक पोष्ट, प्रभात खबर दैनिक पत्रिका संवाददातालाई सम्मान–पत्र प्रदान गरी सम्मानित गरिएको थियो ।
कलैया सिटी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान गरि शुभारम्भ गरिएको थियो भने दोश्रो दिन विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरको सरसफाई, तेश्रो दिन जेसीज परिचय तथा नेतृत्व विकास तालिम, चौथो दिन कलैया नगरमा भित्र प्रवेश गर्ने चारै दिशाको मुल सडकमा होडिंग बोर्ड लगाइएको, पाँचौ दिन विद्यार्थीहरुलाई लक्षित गरि सवारी दुर्घटना तथा ट्राफिक नियम सम्बन्धि अभिमुखिकरण तालिम, र अन्तिम दिन अनाथालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रगी तथा खाने कुराहरु वितरण गरिएको थियो ।
कार्यक्रममा मातृ शाखा बीरगंज जेसीजका अध्यक्ष जेसी शेखर चौधरी, बसामाडीका सरोज अधिकारी तथा शारदानगर जेसीजका संतोष घिमिरेले आ–आफ्mनो मन्तब्य व्यक्त गरेका थिए ।
कार्यत्रममा बीरगजं जेसीजका निवर्तमान अध्यक्ष जेसी दिलिप ढुंगेल, महासचिव जेसी रंजन राउत, नेकपाका युवा नेता रमेश साह, आबिद हुसैन, कलैया सिटि जेसिजका पुर्व अध्यक्ष रामबाबु कुशवाहा, गंगासागर कुशवाहा, महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, जेसी विजय कुशवाहा, जेसी संदिप साह, जेसी रोशन सहनी लगायत भद्रभलादमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन उपाध्यक्ष जेसी शम्भु गुप्ताले गरेका थिए ।

https://ankushdaily.com/