नेपाल भारत मैत्री बसबाट भारी मात्रामा लागुऔषध इन्जेक्सन बरामद

25

संतोष रन्जितकार
बीरगञ्ज, ३० असोज ।
काठमाण्डौ पटना र बोधगया रूटमा चल्ने नेपाल भारत मैत्री बसबाट सशस्त्र प्रहरीले ठुलो मात्रामा लागुऔषध ईन्जेक्शन बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १४ हेडक्वार्टर भन्सार राजश्व गस्ती सुरक्षा गुल्म पर्साबाट खटिएको डिउटी टोलीले नेपाल भारत मैत्री बसबाट ३ हजार पीस लागुऔषध ईन्जेक्शन बरामद गरेको हो । भारतबाट नेपाल फ्रवेश गर्ने क्रममा बा ४ ख २३९९ नम्बरको यात्रु बोकेको मैत्री बसलाई चेकजाँच गर्ने त्रममा बसको सिट माथी रहेको समान राख्ने ठाउबाट बेवारिसे अवस्थामा रहेको लागुऔषध ईन्जेक्शनहरू नुर्फीन १ हजार पीस, डाईजेल्याब १ हजार पीस र फेनार्गन १ हजार पीस गरेर ३ हजार पीस लागुऔषध ईन्जेक्शन बराबद गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।
बरामद गरिएको लागुऔषध इन्जेक्सन आवश्यक कार्यवाहीको लागी स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।