अबैध घरेलु मदिरा बरामद गरि नष्ट

34

संतोष रन्जितकार
वीरगंज, १ कात्तिक ।
वीरगंज बसपार्क फ्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा शुत्रबार अन्दाजी १५० लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा वीरगंजको पानीटंकी एरिया र मिनाबजार एरियाबाट सो अबैध घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरिएको मदिरालाई वडा न.१५ का वडा अध्यक्ष गजेन्द्र कुर्मी, वडा न.४ का वडाअध्यक्ष जगत प्रसाद साह कानु, प्रहरी, सञ्चारकर्मी तथा भद्रभलादमीहरुको रोहबरमा नष्ट गरिएको प्रहरी चौकी बसपार्कका सई श्याम किशोर यादवले जानकारी दिए ।