वीरगंज मेनरोडका घरधनीहरुद्वरा जुलुस प्रदर्शन गर्दै प्रजिअ मार्फत नेपाल सरकारलाई ज्ञापन

23

संतोष रन्जितकार
वीरगंज, १ कात्तिक ।
वीरगन्ज बचाऔं संघर्ष समितीको आयोजनामा त्रिभुवन राजपथ मेनरोडमा रहेको वीरगंज भन्सार देखि गण्डक सम्मको पसलहरु २ घण्टा बन्द गरेका छन् । बीरगंज क्षेत्रमा भन्सार देखी गण्डक सम्म सडक सेन्टरबाट २५/२५ मिटर सडक फराकिलो पार्ने भएपछि सोको विरोधमा बीरगन्ज बचाऔं संघर्ष समितीको आयोजनामा विरगंजको मेनरोडमा रहेका घरधनीहरु तथा व्यापारीहरुले ११ः३० बजे देखि १ः३० बजे सम्म पसल बन्द गरेका हुन ।

विरगंज मेनरोडका घरधनीहरु आफनो पसल २ घण्टाको लागि बन्द गरि मौन जुलुस निकालेका थिए । सो जुलुस वीरगंजको नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका थिए । जुलुसमा सहभागी घरधनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई वीरगंजको मेनरोड २५/२५ मिटर फराकिलो नर्पान दबाव स्वरुप ज्ञापन पत्र बुझाएका थिए ।