हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

22

संतोष रन्जितकार
कलैया, १ कार्तिक ।
हिन्दू परिषद नेपालले शुक्रबार बारा जिल्लाको मटीअर्वामा जनजागरण सभा र शुभकामना आदान–प्रदान कार्यक्रम तथा फेटा गाउँपालिका कमिटि गठन गरेको छ । कलैया उप–महानगरपालिका बडा न.१० मा इकाई अध्यक्ष दशै ठाकुरको सभापतित्व एवं कार्यक्रम संयोजक दयासिन्धु कुशवाहाको सक्रियतामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै हिन्दू परिषद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेलले शुभ दिवापली तथा छठ पर्वको शुभकामना दिदै देशमा हिन्दू राष्ट्र बारे राम्रो माहौल बन्दै गएको बताए । सनातन धर्म भित्र कुनै बिभेद छैन तर केहि बहुरूपियाहरुले यसलाई बदनाम गर्न बिभेद छ भन्ने झूठो प्रचार बाजी गर्दै आएका छन । रामायण, गीता, बेद लगायतका ग्रन्थमा कुनै बिभेद छैन, अध्ययन गर्दा सबै कुरा प्रष्ट हुन्छ । आज देशमा ख्रिष्टियन तन्त्र हाबी हुदै छ, जून मुलुकको लागी दुर्भाग्यपूर्ण रहेको र सम्पूर्ण नेपालीलाई एक सुत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल रहेको उनले बताए । नेपाल र नेपालीहरुको पहिचान स्थापित गराउन परिषद देश भरी नै धार्मिक एवं सामाजिक कार्य गरी लाखौ नेपालीलाई एक सूत्रमा बाध्ने कार्य परिषदले गर्दै आएको पटेलले बताए । पटेलले आफ्नो पहिचानको लागी एक पटक आफ्नो पार्टी वा संगठन भन्दा माथि उठन सबै नेपाली जनतालाई आग्रह समेत गरेका थिए । कार्यक्रममा हिन्दू परिषद नेपाल बारा जिल्ला इन्चार्ज साहेब ठाकुर र बीरगंज नगर सचिव रंजीत चौरसियाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

त्यसैगरी फेटा गाउँपालिकामा हिन्दूवादी अगुवाहरुको भेलाले आर.एल.श्रीवास्तवको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा मदन साह कानू, छोटेलाल साह, भानु भाई, सचिवमा शम्भु कलवार, सहसचिव जयकरन मण्डल, कोषाध्यक्ष जिर्योधन मुखिया, कार्य समिति सदस्यहरुमा पनालाल पटेल, राजिन्द्र साह कानू, लक्ष्मण ठाकुर, मनोज राम, लालबाबु साह तेली, दिनेश कलवार, राजदेव बैठा, बाबा जनक बैठा, रामदेव बैठा, छत दास, चलित दास, राजकिशोर साह तेली, तपसी साह कानू लगायत रहेका छन ।