नेपाल भारतको सिमा बन्द गर्न खोजे रगतको खोला बग्छ ः सांसद यादव

27

रौतहट, २ कात्तिक ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य प्रदीप यादवले नेपाल भारत सिमा सील गर्ने सपना नदेख्न संघीय सरकारलाई सुझाव दिएका छन । नेपाल र भारत बिचको सम्बन्धमा खटास ल्याउने षडयन्त्र भइरहेको सबै मधेशी समुदायलाई चनाखो भएर बस्नु पर्ने आवश्यकता रहेको बताए ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा मिडिया फोर बोर्डर हार्मोनी एवं गौर नगरपालिका कार्यालयको संयुक्त तत्वाधानमा आयोजना गरिएको नेपाल भारत मैत्रीपूर्ण संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले सिमा सील गर्न खोजे मधेशी समुदाय माथि डोजर चलाउनु पर्ने चेतावनी दिए ।
नेपालका मीडिया काठमाण्डौबाट र भारतका मिडिया दिल्लीबाट मधेशको सिमा समस्या हेर्ने गरेको र दुवै देशको सम्बन्ध बिगार्ने प्रयास गरिरहेकोले त्यस्ता तत्वलाई मीडियाको माध्यमबाट तह लगाउनु पर्ने धरणा राखे । सांसद यादवले खुल्ला बोर्डर मधेशीको लागि ठूलो बरदान रहेकोले बन्द गर्ने दुष्प्रयास गरे ठूलो दुर्घटना हुने चेतवानी दिए ।
सांसद यादवले संघीय सरकार नियतबस नागरिकता विधेयक ल्याएर भारत सितको सम्बन्धमा तितोपना ल्याउन लागेकोले सबैलाई चनाखो भएर बस्नु पर्ने आग्रह गरे । संघीय सरकारले भारतीय सवारी साधनको रोक लगाउन अनलाइन सिस्टम ल्याएकोले यसको प्रतिकार समेत गर्नु पर्नेमा जोड दिएका थिए । खुल्ला सिमानाको सिपाही हामी मधेशी रहेकोले कुनै पनि हालतमा नेपाल भारत सिमा बन्द हुन दिदैनौ उनले भने सिमा रक्षा हामीले गर्छौ सेनाले गर्दैन ।
गएको आषाढ महीनामा आएको बाढीको बेला भ्रम फैलाउने उद्देश्य बोकेका केहि मीडियाले भारतीयको दादागिरीले नेपाल डुबानमा पर्‍यो भने भारतीय केहि मीडियाले नेपालले पानी छोडदा भारतीय डुबानमा परेको झूठो समाचार लेखेको भन्दै आलोचना गरे । काठमाण्डौमा आएको बाढीले तिब्बतले पानी छोरयो भनेर किन समाचार लेखिएन त ? प्रश्न गरे ।
कार्यक्रममा भारतीय जनता पार्टीका मुज्जफरपुर सांसद अजय निषादले नेपाल भारत बिचको रोटी बेटीको सम्बन्ध अटूट रहनेमा विश्वास व्यक्त गरेका थिए । नेपाल र भारत बिचको खुल्ला सिमानामा सहज रुपमा आवागमनको व्यवस्था हुनु पर्ने विषय सरकारलाई ध्यानाकर्षण गराउने समेत उहाले प्रतिबद्धता जनाएका थिए ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ क विधान सभाका प्रदेश २ का प्रदेश सभा सदस्य बाबुलाई साहले नेपाल भारत बिचको सम्बन्ध सधै मजबूत रहेको जिकिर गर्दै भारतको मधेश प्रति हेर्ने दृष्टि विपरीत भएको टिप्पणी गरेका थिए । छिमेकी मुलुक रहेको नेपालको मधेश प्रति हेर्ने आँखा भारत सरकारको विपरीत भएकोले मधेश मुखी विकास गर्नु पर्ने नीति बनाउन जोड दिए ।
उनले भारतले सिमा क्षेत्रमा विद्यालय, सुविधा संपन्न अस्पताल एउटा पनि नबनाएको दाबी गरे । मधेश आन्दोलनको बेला सहयोग गरेको जिकिर गर्दै प्रदेश सांसद साहले मधेशको सांस्कृतिक सभ्यता भेष भूसा भारत सित मेल खादै गएकोले सशक्त वर्ग मधेश र मधेशी सित विभेद गर्ने गरेको आरोप लगाए ।
कार्यक्रममा पूर्व रिगा विधायक मोतीलाई साहले दुवै देशका प्रबुद्ध बर्गलाइ नेपाल भारत सिमा समस्या प्रति गम्भीर हुनु पर्ने बताए । गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले नेपाल भारत बिच बाढीको बढी समस्या रहेकोले यसको दीर्घकालीन समाधान गर्ने तर्फ भारत सरकारलाई गम्भीर हुनु पर्ने आग्रह गरे ।
नेपालमा बाढी आउँदा भारतको सीमावर्ती बस्ती बगाउने उच्च जोखिम रहेकोले पनि निकास गर्नु पर्ने विषयमा दुवै देशका कूटनीतिक नीति अन्तर्गत छलफल हुनुपर्ने धरणा राखेका थिए । कार्यक्रममा आयोजक संस्थाका केन्द्रिय अध्यक्ष अमरेन्द्र तिवारीले प्रस्तुत गरेका १७ बुँदे समस्या प्रति सहभागी भएकाहरुले आ–आफ्नो विचार राखेका थिए ।
संवाद कार्यक्रममा भारतीय बाणिज्य दूतावास वीरगंजका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र प्रसाद साह, नेपाल तथा भारतका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरु उपस्थित भएका थिए । मैक्री संवाद कार्यत्रमबाट अनुमोदन गरिएका प्रस्तावहरु दुबै देशका प्रधानमन्त्रीलाई बुझाउने आयोजक संस्थाले जनाएको छ ।