भारत र नेपालको सरकारभन्दा पनि नागरिकको सम्बन्ध प्रगाढ रहेको भारतीय सांसद निषादको भनाई

32

वीरगन्ज, २ कात्तिक ।
मिडिया फोर बोर्डर हार्मोनी, नेपालले दुई देशका सांसदहरुको सम्मान गरेको छ । हामोर्नीका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न होटल मकालुमा भारत बिहारको मुजफरपुर क्षेत्रबाट दोस्रो पटक लोकसभा सदस्य (साँसद) पदमा भारतीय जनता पार्टीको तर्फबाट निर्वाचित अजय कुमार निषाद र पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवलाई ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । सो अवसरमा सांसद निषादले भारत र नेपालको सरकारभन्दा पनि नागरिक–नागरिकको बीचमा सम्बन्ध प्रगाढ रहेको बताउनु भयो । उनले आफु थुप्रै पटक नेपाल आएको र हरेक पटक अपनत्व महसुस गरेको भन्दै भाषाको कुनै समस्या नभएतापनि आफु नेपालीको दुई शब्द दाई र राम्रो भन्ने शब्द याद रहेको चर्चा गर्नुभयो । सांसद निषादले नेपालले छोडेको पानीले बिहार डुब्यो भनेजस्तो खालका भ्रामक समाचारहरु आउँदै गर्दा यसलाई सबैले मिलेर चिर्न आवश्यक भएको बताउनु भयो । दुवै देशका पत्रकारहरु आपसी भाईचारा कायम गर्न सक्रिय भएर लागेकोमा मीडिया फोर बोर्डर हामोर्नीका पदाधिकारीहरुलाई वहाँले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवले निरन्तर संवाद र पहलले दुई देशको सिमामा देखिने समस्याहरु धेरै हदसम्म समाधान हुने बताए । उनले भारत र नेपाल सरकारले सिमा क्षेत्रमा हुने डुबान समाधानका लागि गम्भीर हुनु पर्ने बताए । उनले सिमामा देखापर्ने स–साना समस्या जनताका ठुला सरोकारका बिषय भएको बताउदै त्यस्ता बिषयलाई उठान गर्नमा संचार जगतको भुमिका हुनुपर्ने बताए । नेपाल र भारतविच बैवाहिक सम्बन्धहरु हुने गरेकोमा भारतीय चेली नेपालको बुहारी भएर आउदा ७ बर्षपछि मात्र नेपाल नागरिकता पाउनेगरी नागरिकता ऐन ल्याउन लागिएको भन्दै उनले आपति जनाए । आफु यसको बिरोधमा उत्रिने उनले बताए ।

आयोजक संस्थाका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा भएको संवाद कार्याक्रममा बोल्दै नेपाल पत्रकार महासंघका प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले दबै देशका पत्रकारहरु विच सहि सूचनाको आदानप्रदानले सिमा क्षेत्रका जनसरोकारका समाचारहरु बाहिर आउनमा मद्दत मिल्ने बताए । बिहारका राजनीति शास्त्रका प्राध्यापक साबिर अन्सारीले नेपाली भाषा, संस्कृति र मानिसहरुसंग भारतका जनताले अपनत्व महसुश गर्ने बताए । उनले साँस्कृतिक समानता साझा धरोहर भएको बताउदै सिमा आरपारका स्थानीय समस्याहरु, प्रसशानिक कठिनाईहरु र सानातिना बिवादहरु समाधान गर्दै लैजानु पर्ने बताए । कार्यक्रममा भारतीय साँसद निषद र नेपालका साँसद यादवलाई नेपाल भारत सम्बनधमा गरेको राम्रो भुमिकाका लागि सम्मानित समेत गरिएको थियो । कार्यक्रमको सहजिकरण मिडिया फोर बोर्डर हार्मोनीका महासचिव रितेश त्रिपाठीले गरेका थिए भने उपाध्यक्ष राम सर्राफले शुभकामना मन्तब्य राखे ।