युनिसन टि–२० क्रिकेट प्रतियोगिता २०७६ को उद्घाटन

8

संतोष रन्जितकार
वीरगंज, २ कार्तिक ।
युनिसन टि–२० क्रिकेट प्रतियोगीता २०७६ को नारायणी रंगशालामा एक समारोहको आयोजना गरी उद्घाटन गरिएको छ । युनिसन विद्यालय समूहले आफनो १८औँ संस्करणको उद्घाटन प्रतियोगितामा युनिसन अन्तर्गत ७ वटा विद्यालयहरुको सहभागीता रहेको थियो ।

यस प्रतियोगीतामा जुनियर समूह तर्फ ४ फिट १० ईन्चको उचाई भएको खेलाडीलाई समावेश गरीएको छ भने सिनियर समूह तर्फमा कक्षा १० सम्मको विद्यार्थीहरुलाई खेलाडीको रुपमा दुई समूहमा समावेश गरिएको थियो । नारायणी रंगशालाको क्रिकेट मैदानमा भईरहेको खेलमा प्रत्येक दिन दुई समुहले प्रतिस्पर्धा गर्ने भएको युनिसनका अध्यक्ष पुरन प्रधानले बताउनु भयो । शनिवार भएको उद्घाटन कार्यक्रममा युनिसनका अध्यक्ष पुरन प्रधान लगायत युनिसन ग्रुपद्वारा क्यानका अध्यक्ष दाउद अन्सारी र समाजसेवी पशुफति बिक्रम शाहलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यत्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका अध्यक्ष नेक महम्मद अंसारी, वीरगंज महानगरपालिका वडा नं.३ का वडाअध्यक्ष बैजु स्वर्णकार, वडा नं.४ का वडाअध्यक्ष जगत साह, बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, सेफर अमर गौतम, मास्कोट मा.वी का प्रधानध्यापक छेदुप लामा, विद्या सदन का लालबहादुर गुरु· लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन अरबिन्द सिंहले गर्नु भएको थियो ।