राजपा पर्साद्वारा निःशुल्क आँखा शिविरको आयोजना

6

संतोष रन्जितकार
वीरगंज, २ कात्तिक ।
साहेब दरबार सेवा संस्थान र राष्ट्रिय जनता पार्टी नेपालको महानगर कार्यसमितिको संयुक्त आयोजनामा निःशुल्क आंखा शिविर सम्पन्न भएको छ । साहिब दरबार सेवा संस्थानका संस्थापक देवेन्द्र सिंह “बबुवाजी सरकार”को प्रमुख आथ्तियमा शनिबार सो निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । सो शिविरमा २१७ जनाले आफ्नो आँखाको चेकजाँच गराई लाभ लिएका थिए भने चेकजाँचको क्रममा ८२ जनामा मोतियाबिन्दु समेत फेला परेको थियो । मोतियाबिन्दु फेला फरेका व्यक्तिहरुको निःशुल्क शल्यत्रिया माट्रिका आई फाउन्डेसनले गर्ने राजपा नेपालका महानगर अध्यक्ष लियाकत अलीले जानकारी दिनु भएको थियो ।

कार्यक्रममा साहिब दरबार सेवा संस्थानका महासचिव आलोक साह, हकिम साहेब, संतोष मौर्या, राजाराम यादव, साहिब दरबार सेवा संस्थान नेपालका अध्यक्ष राजेश मान सिंह, महासचिव उमेश लाल सहनी, सचिव मिनु ठाकुर, कोषाध्यक्ष जिनु मैयाँ, सदस्य अवधेश साह, महिला विभाग प्रमुख आरजु, साहिब दरबार सेवा संस्थानका पदाधिकारीहरू म. सत्तार, अमित यादव, गजेन्द्र गुप्ता, वीरगंज महानगरपालिका वडा नं. ३२ का वडाअध्यक्ष रेयाज मियाँ, वडाबासीहरू हिरो मियाँ ठकुराई, आफताब मियाँ ठकुराई, अब्दुल खालिद, माट्रिका आई फाउन्डेसनका कोर्डिनेटर महेश सिंह धामी, राजेश महत्तो, नम्रता क्षेत्री, मनोज पटेल लगायतका उपस्थिति रहेको थियो ।