लोकतन्त्रको रक्षाको निम्ति संघर्ष बाहेक अरु विकल्प भएन ः नेता रिजाल

10

वीरगन्ज, २ कात्तिक ।
जनताको मत पाएर शासन गर्न पुगेका कम्युनिष्टहरु निरंकुश भई जनताको अधिकार खोसेर शासन लम्ब्याएको पूर्वी युरोपदेखि विश्वका कैयौ मुलुकहरुको इतिहास रहेको भन्दै अहिले नेपालमा कम्युनिष्ट सरकारले सर्वसत्तावाद लाद्ने प्रयत्न गरिरहेको आरोप नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले लगाउनु भएको छ ।
नेपाली कांग्रेस पर्साले शुभ दिपावली तथा छठ पर्वको अवसरमा कालिकामाई गाउँपालिका कट्टी बजारमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता रिजालले यस्तो बताउँदै अब लोकतन्त्रको रक्षाको निम्ति संघर्ष बाहेक अर्को विकल्प नभएको बताउनु भयो ।
उनले काँग्रेस अब जनताको अधिकार, देश र प्रजातन्त्र जोगाउन कम्युनिष्ट बिरुद्ध आन्दोलन गर्न तयार रहेको बताए । जनताको अधिकार हरण गर्ने किसिमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले एकपछि अर्को कानूनहरु ल्याउन लागेको आरोप काँग्रेसका नेताहरुले लगाए । ॅकर सम्बन्धी कानुन अमानवीय र जनबिरोधी किसिमले ल्याइदैछ, सेना परिचालनको पुरानो बिधि संसोधन गरेर प्रधानमन्त्रीले आफुखुसी चाहेको बेला सेनालाई परिचालन गर्न सक्ने कानुन सदनमा दर्ता भइरहेको छ,’ काँग्रेसका अर्का केन्द्रीय सदस्य अजय चौरसियाले भने, ॅप्रेस माथी अंकुश लगाउन कानुन पनि त्यसैगरी ल्याउन लागिएको छ, मानवअधिकार आयोगको अधिकार र भुमिका कटौती गरेर संकुचित बनाउन कानुन ल्याउन लागिएको छ ।’ लोकतन्त्रलाई क्षति पुर्याउने र समाप्त पार्ने किसिमले बर्तामान सरकारले यि कानुनी बदलावहरु थालेको नेता चौरसियाले आरोप लगाए । ॅहिजोका दिनमा जहाँनिया राणाका बिरुद्धमा र निरंकुश राजतन्त्रका बिरुद्धमा संघर्ष गरेको पार्टी हो नेपाली काँग्रेस,’ नेता चौरसियाले भने, ॅअब कम्युनिष्ट बिरुद्ध लड्न् ेबेला आएको छ । र, यो आन्दोलन काँग्रेसकै नेतृत्वमा सफल हुनेछ ।’
काँग्रेसका पुर्व पर्सा जिल्ला सभापति, पुर्व मन्त्री सुरेन्द्रप्रसाद चौधरीले भ्रष्टाचार तिनै तहको सरकारमा संथागत भएको भन्दै चिन्ता जनाए । काँग्रेस मात्र देशसामु एकमात्र बिकल्प भएको उनको दावी छ । मधेसको नाममा मधेसीलाई मुर्ख बनाएर सत्तामा पुगेकाहरुले मधेसका जनताले अब राम्ररी चिनिसकेको दावी गर्दै उनले बिगतका मधेसकेन्द्रीत दलहरुको आलोचना गरे । निवर्तमान सभामुख महराको प्रसंग जोड्दै उनले जनताले पार्टीको चरित्रलाई समेत मुल्यांकन गर्नु पर्ने बताए । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी सयौं मानिसहरुले काँग्रेस प्रवेश गरेका थिए । काँग्रेस नेताहरुले माला टिका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरे । काँग्रेस जिल्ला नेता रमेश पाण्डेय, बशिष्ठनारायण कुर्मी, बृहस्पिति श्रेष्ठ, नविन सिंह लगायत बोलेका थिए ।