अवैध लागुऔषध सहित ३ पक्राउ

41

संतोष रन्जितकार
वीरगंज, ३ कात्तिक ।
वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ गरेका लिएको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर–३ बस्ने ३४ बर्षीय किरण क्षेत्री, हेटौंडा–२ बस्ने ३० बर्षीय दिपेन्द्र थापा र हेटौंडा–४ बस्ने ३० बर्षीय फिरोज अंसारी रहेका छन् ।
प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेका क्षेक्रीलाई वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँचको त्रममा लागूऔषध सहित पक्राउ गरिएको थियो । पक्राउ परेका क्षेत्रीको साथबाट लागूऔषध इन्जेक्सन फेनारगन, नुर्फिन र डाइजोपाम ११/११ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यसैगरी भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना. १९ प. १२६७ नम्बरको मोटरसाइकलमा सवार दिपेन्द्र र फिरोजको साथबाट सशस्त्र प्रहरीले लागूऔषध ओनरेक्स २८ बोतल बोकेर आउँदै गर्दा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । शनिबार पक्राउ परेका तीनैजनालाई लागूऔषध सहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

https://ankushdaily.com/