विकासका लागि मिलेर जान सहमत

3

कलैया, ३ कात्तिक (रासस) ः
बाराका १६ स्थानीय तहका प्रमुख तथा उपप्रमुखको समन्वय बैठक आज सिम्रौनगढ नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्लाको विकासमा सबै मिलेर जानेबारे सहमति भएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग छलफल गर्नुभएको थियो । सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्ढर यादवले आगामी मङ्सिरमा लाग्ने रोजी मेला सफल पार्न सबैलाई आग्रह गर्नुभयो ।
वडाध्यक्षलाई कारवाहीको माग कलैया उपमहानगरपालिका–४ का वडाध्यक्ष जटाशङ्ढर सहनीलाई कारवाहीको माग गर्दै कलैया उपमहानगरपालिका कार्यालय, यहाँका विद्यालय र स्वास्थ्य संस्थाका कर्मचारीले कामकाज ठप्प पारेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेलवासे र कलैया उपमहानगरपालिका–६ का वडाध्यक्ष गम्भीरालाल प्रसादलाई अभ्रद व्यवहार गरेको भन्दै वडाध्यक्ष सहनीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आज उजुरीसमेत दिएका छन् । उनीहरुबीच योजनाको विषयमा विवाद भएको थियो । सहनीलाई कारवाही नगरेसम्म सेवा ठप्प पार्ने कर्मचारीले बताएका छन् । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले घटनाबारे छानविन गरिने बताउनुभयो ।