पानी पिउने फ्रिजर तथा फ्री वाइफाईको उद्घाटन सम्पन्न

13

संतोष रन्जितकार
वीरगंज, ७ कार्तिक ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको आयोजना तथा रुंगटा वेलफेयर सोसाइटीको सहयोगमा पानी पिउने फ्रिजर तथा वर्ल्डलिंकले फ्रि वाइफाई सेवाको उद्घाटन बिहिबार सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई रहनु भएको थियो ।

प्रमुख अतिथि प्रजअ भट्टराईले रिबन काटी, बैलुन उडाई तथा पानी खाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रजिअ भट्टराईले सामुदायिक सेवा केन्द्रले महिला हिंसा, लागुपदार्थ सेवन रोकथाम तथा विकासको कार्यमा सहकार्य गरी अगाडी बढ्न सदैव साथ दिने बताउनु भएको थियो । वहाँले शुभ दिपावली तथा छठ पर्वको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष प्रदिप चौरसिया, वडा नं. १६ का वडाअध्यक्ष श्यामबाबु चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, वेलफेयर सोसाइटीका सुरेश रुंगटा, छपकैया सामुदायिक सेवा केन्द्रका ग्यासुदिन मिया ठकुराई, कन्चनजंगा स्कुलका मार्टिन मोक्तान, मुनलाइट बोर्डि· स्कुलका श्याम केसी, सियाराम नेपाली, संजु दाहाल लगायत संचारकर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक सेवा केन्द्रका सचिव श्रवण रायमाझीले गरेका थिए ।