सडक, नाला जस्ता काममा आइरहेको बाधा हटाउन सबै एकजुट हुनुपर्छ ः सांसद यादव

19

संतोष रन्जितकार
वीरगंज, ७ कार्तिक ।
वीरगंजको बाटो फराकिलो गर्ने काम लगायत सडक नाला जस्ता काममा आईरहेको बाधा अडचनलाई सहज वातावरण बनाउन सबैको जिम्मेवारी रहेकाले सबै एकजुट भई सहकार्य गर्न आवश्यक रहेको बताउनु भएको छ ।
प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले वीरगंज महानगरपालिकाको वडा नं. १४ मा आयोजित जनता दर्शन कार्यक्रममा यस्तो बताउनु भएको हो । वहाँले चुनावको बेला जुनपनी पार्टीमा आबद्ध भएपनि अहिले वीरगंजको समृद्धिका लागी विकास निर्माणमा लाग्न आवश्यक रहेको उहाँको भनाई थियो । समाजवादी पार्टीका वडा न.१४ का इकाई अध्यक्ष रफीक अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरुले सडक, बिजुलिबत्ती, लगायतको समस्या समाधानका लागी सांसद यादवलाई आग्रह गरेका थिए । जवाफमा सांसद यादवले वडा नं. १४ का वडा अध्यक्ष र वीरगंज महानगरपालिकालाई यथाशिघ्र ऊक्त वडाको समस्या समाधान गर्न निर्देशन दिने बताए ।
कार्यत्रममा नगर अध्यक्ष ईश्वर यादव, मुस्लिम नेता रउफ मियाँ, युवा नेता आजाद हुसैन, स्थानीय अगुवा शमसेद अख्तर, शमशाद अली, रुस्तम अंसारी, समिर आलम लगायतको उपस्थिति रहेको थियो ।