संतोष रन्जितकार
वीरगञ्ज, ८ कार्तिक ।
हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन् । प्रहरीले स्रोत खुलाउन नसकेको २३ लाख ५० हजार रुपैयाँसहित २ जना भारतीय नागरिक र ३ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट बारा प्रसौनी गाउपालिका वडा नंम्बर २ अहिर्वाटोल बस्ने ३२ वर्षीय बिरेन्द्र साहबाट स्रोत खुल्न नसकेको २ लाख ५० हजार, बारागढी गाउँपालिका वडा नम्बर २ दौरुवाटोल बस्ने २६ वर्षीय शनि जैसवालको साथबाट २ लाख ५० हजार र भारत बिहार जिल्ला पूर्वी चम्पारण रामगढवा थाना बस्ने ६० वर्षीय सकिर मियाको साथबाट पाँच लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट अगाडिबाट प्रहरीले थप २ जनालाई स्रोत खुलाउन नसकेको १३ लाख ५० हजार रकमसहित नियन्त्रणमा लिइएको जनाएको छ ।
भारत विहार पूर्वी चम्पारण थाना सुगौली वडा नम्बर ८ बस्ने ४६ वर्षीय गोपाल प्रसाद अग्रवालको साथबाट ९ लाख) र वीरगञ्ज १४ बस्ने २५ वर्षीय मन्टु कुमार साह कानुको साथबाट ४ लाख ५० रुपैयाँ बरामद भएको थियो ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।