सिएमजी क्लबद्वारा ट्राफिक कार्यालय पर्सालाई साईकल हस्तान्तरण

19

संतोष रन्जितकार
वीरगंज, ७ कार्तिक ।
सिएमजी क्लब विरगन्जले बिहिबार १० थान साइकल हस्तान्तरण गरेको छ । शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्‍याउने उद्देश्यले सिएमजी क्लबले जिल्ला ट्राफिक कार्यालय पर्सालाई १० थान साइकल उपलब्ध गराएको हो ।
ट्राफिक लाइट र साइरन जडित उक्त साइकल क्लबका निर्देशक महेश्वरमान जोशीले प्रहरी निरीक्षक राजकुमार सिंहलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रहरी निरीक्षक सिंहले वीरगन्ज महानगरपालिकाकको शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै शुभ दिपावली तथा छठको अवसरमा हुने अपराधिक घटना नियन्त्रण तथा बजार व्यावस्थापन कार्यमा सहयोग पुग्ने बताउनु भयो । क्लबले यसअघि सर्लाहीमा ६०, विराटनगरमा १० र काठमाण्डौमा १० वटा साइकल वितरण गरिसकेको निर्देशक जोशीले बताए ।