अहिलेको समयमा जेष्ठ नागरिकलाई अवहेलना गर्ने प्रवृत्ति बढिरहेको छ ः मुख्यमन्त्री राउत

51

संतोष रन्जितकार
वीरगञ्ज, ९ कात्तिक ।
मुनलाईट सेकेन्ड्री स्कुलको आयोजनामा शनिबार वीरगंजको भगवति टोलमा ज्येष्ठ नागरीक सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भगवति युवा क्लबको सहयोगमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले अहिलेको परिवेशमा ज्येष्ठ नागरीकलाई बृद्धाआश्रममा राख्ने तथा अवहेलना गर्ने प्रवृति बढीरहेको समयमा यस किसिमका कार्यक्रमको आयोजना गरेकोमा सराहना गर्नुभएको थियो ।
ज्येष्ठ नागरीकबाट धेरै अनुभवहरु सिक्न सकिने हु“दा ज्येष्ठ नागरीकले सिकाएको ज्ञान अन्य पुस्तकमा नपाउने बताउनुभयो । वहा“ले बिर्ता मन्दिरको स्वामित्वमा रहेको करिब सवा २ कठ्ठा जमिनमा बहुउपयोगी आधुनिक भवन निर्माण गर्ने दृृढता समेत व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक श्याम केसिको सभातित्वमा सम्पन्न कार्यक्रमको उद्देश्य ज्येष्ठ नागरीकको अनुभवलाई अनुसरण गर्न सके समाजलाई सहजै रुपमा रुपन्तरण गर्न सकिने स्कुलका प्रबन्ध निर्देशक सुलभ केसीले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभासदस्य भिमा यादब, सिहा“सन साह कलवार, प्रहलाद गिरी, समाजवादी पार्टी पर्साका अधयक्ष रामनरेश यादब, सचिब तवरेज अहमद, समाजसेवी पशुपति बिक्रम शाह, वडा न. ४ का वडाअध्यक्ष जगत साह कानु, ५ का वडाअध्यक्ष प्रदिप चौरासिया लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण सन्चारकर्मी उज्जवल घिमिरेले गर्नुभएको थियो ।

https://ankushdaily.com/