महानगरको अदूरदर्शिताले नगरबासी पीडित ः सांसद यादव

4

वीरगंज, ९ कार्तिक ।
सर्वसाधारणले उपभोग गर्ने छात्रवृत्ति लगायतका सेवा सुविधाहरु स्थानीय सरकारमै सिमित भएको छ । जनताहरुले यसको उपभोग गर्न सकेका छैनन् ।
समाजवादी पार्टी नेपालका नगर सभापति ईश्वर यादवको सभापतित्वमा वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्षुमनवामा शनिबार आयोजित जनता दर्शन कार्यक्रममा पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले यस्तो बताएका हुन् ।
सांसद यादवले लक्षुमणवामा समेत सडक, खानेपानी, विजुलि बति लगायतको समस्या देखिनु महानगरको अदुरदर्शिता रहेको बताउनु भएको छ । सांसद यादवले विगतमा रहेको जस्तै अहिले पनि वडामा केही परिवर्तन नभएको तथा धेरै समस्याहरुबाट जनता पीडित रहेको बताएका थिए । उनले जनताका सेवा सुविधाका लागी आफुले यसै वडामा अत्याधुनिक सडक बती, धर्मशाला तथा विवाह भवन, र चापाकल वितरण गराएको तथा नेपाल सरकारले प्रदान गरेको छात्रवृत्ति लगायतका सेवा सुविधाहरु केही जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीका कारण जनताहरुले यसको उपभोग गर्न नसकेको उनको भनाईरहेको थियो ।
कार्यक्रममा स्थानीयको समस्या बुझ्दै वहाँले यसै वडामा सडक तथा नाला र प्रतिमा चोकमै सार्वजनिक शौचालय निर्माण गराउने प्रतिबद्धता जनाएका थिए ।