श्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न

28

संतोष रन्जितकार
वीरगञ्ज, ९ कार्तिक ।
साहित्यिक चौतारी नेपाल प्रदेश न. २ को आयोजनामा शनिबार श्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी जयन्तीको अवसरमा आवाज एफ एम ८८ मेगाहर्जको प्रा·णमा आयोजित कार्यक्रममा हेटौडा, निजगढ, रुकुम तथा बारा पर्साका श्रष्टाहरुले सृजना वाचन गरेका थिए । साहित्यिक चौतारी नेपाल केन्द्रिय महासचिब गीता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ पत्रकार जगदिश शर्मा, प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य तथा भोजपुरी साहित्यकार उमाशंकर द्विवेदी, पत्रकार महासंघ प्रदेश न. २ का उपाध्यक्ष केसि लामिछाने, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, चलचित्र निर्माता, नायक एवम् चलचित्र महोत्सव समितिका संयोजक बिमल पौडेल, नायिका तथा गायिका बोबी रोजा, लक्ष्मी साहित्य समाजका अधयक्ष महेशचन्द्र गौतम, साहित्यिक चौतारी नेपालकी केन्द्रिय कोषाधयक्ष सरु बस्नेत, प्रभात काव्य याक्राका संयोजक अरुण बित्रम शाह लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शुझकामना मनत्व्य व्यक्त गर्दै बत्ताहरुले वीरगंजको साहित्यीक क्षेत्रको अवस्था फस्टाउन नसकेको हुँदा यस किसिमका रचना वाचन कार्यक्रमले उजागर गर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा साहित्यिक अनुरागिहरुले देशको राजनितिक अवस्था, अर्थ, शिक्षा, बिकास, आमा, चाडपर्व लगायतका कुराहरुलाई सृजनामार्फत चिक्रण गरेका थिए । कार्यत्रमको सहजिकरण सन्चारकर्मी सुर्य शुभचिन्तक ले गर्नुभएको थियो ।