साँसद यादवको दिपावली शहिदको नाममा

3

वीरगन्ज, ९ कातिक ।
पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदीप यादवले यसपटकको दिपावली शहिदको नाममा मनाउने घोषणा गरेका छन् । शुभ दिपावलीको अवसरमा मधेश आन्दोलनमा सहादत प्राप्त गरेका अमर सहिदहरुको सम्झनामा घण्टाघरमा दिप प्रज्वलित गरी त्यसपछि मात्र आफ्नो घर दैलोमा दियो बाल्ने सांसद यादवको योजना रहेको छ ।
ॅलक्ष्मीपुजाका दिन आइतवार साँझ ५ बजे वीरगन्जको घण्टाघरमा मधेशी सहिदहरुको सम्झनामा ५०१ दियो बाली त्यसको शुभारम्भ गर्ने सांसद यादवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि हाम्रा प्रातःस्मरणीय सहदिहरुको योगदान कुनै हालतमा बिर्सिन सकिदैन भन्दै बिरशहिदहरुको यो दिपावली समर्पित रहेको विज्ञप्तिमा उल्लेख छ ।