अखिल नेपाल पिछडावर्ग पर्साद्वारा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान

21

संतोष रन्जितकार
वीरगंज, १३ कार्तिक ।
अखिल नेपाल पिछडावर्ग (OBC) पर्साले छठको अवसरमा बुधबार बीरगंजमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेकपाका युवा नेता प्रभाकर गुप्ताले वताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि माननीय सांसद श्रीमती पुष्पा कर्ण, विशिष्ठ अतिथीमा नेकपा केन्द्रिय सदस्य रामचन्द्र साह, संविधान सभा सदस्य राजकुमार गुप्ता, बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, एमडी बसरुद्दिन अंसारी, भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ, अतिथिमा नेकपा जिल्ला सदस्य प्रभाकर गुप्ता, वडा नं २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहा, वडा नं ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता, अखिल नेपाल पिछडावर्ग पर्साका उपाध्यक्ष धर्मेन्द्र पटेल, सचिव नवल किशोर साह,नगर अध्यक्ष रोशन सरार्फ लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।