ग्रीन सिटीद्वारा छठ ब्रतालु महिलाहरुलाई साडी वितरण

20

संतोष रन्जितकार
वीरगंज, १३ कार्तिक ।
सामुदायिक प्रहरी साझेदारी अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीको आयोजना र रुंगटा वेलफेयर सोसाइटीको सहयोगमा बुधबार कपडा बैंकले छठ ब्रतालु महिलाहरुलाई साडी वितरण गरेको छ । वितरण कार्यक्रम ग्रीन सिटी सामुदायिकको अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु रहनु भएको थियो ।
प्रहरी निरिक्षक पनेरुको हातबाट छठ पर्व गर्ने आर्थिक अवस्था कमजोर भएका तथा दलित ब्रतालु महिलाहरुलाई नया“ साडी वितरण गरि शुभारम्भ गर्नु भएको थियो । दलित तथा असहाय १५० महिला छठ ब्रतालुहरुलाई साडी वितरण गरिएको थियो ।
कार्यक्रममा रुंगटा वेलफेयर सोसाइटीका सुरेश रुंगटा, कविता खेतान, ज्योती रुंगटा, सरफुदिन मियां, दिलिपराज कार्की, ग्रीन सिटिका पदाधिकारीहरु लगायत संचारकर्मी तथा भद्रभलादमीको सहभागिता रहेको थियो ।