छठपर्वको बेला लौका मनोमानी मुल्यमा बिक्री वितरण गर्दै व्यापारीहरु

91

संतोष रन्जितकार
वीरगंज, १३ कार्तिक ।
पर्साको सदरमुकाम र प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगंजमा छठ पर्वको चहलपहल सुरु भए संगै तरकारीको मूल्य आकासिएको छ ।
वीरगंजको घण्टाघरमा बुधबार बिहान प्रति लौकाको मूल्य रु २ सय देखी रु ४ सय सम्म बिक्री भएको थियो । सानो लौका रु २ सय देखी रु २ सय ५० सम्म र ठूलो लौका रु २ सय ५० देखी रु ४ सय सम्म बिक्री भईरहेको थियो ।
त्यही लौका तरकारी व्यापारीहरु संग वीरगंजका व्यापारीहरुले रु एक सय ५० देखी २ सय सम्म खरिद गरि दोब्बरमा बिक्री गरे पनि सम्बन्धित निकाय मौन देखिएको छ ।
चांड पर्वको बेला सम्बन्धित निकायले बजार अनुगमनमा ध्यान नदिएका कारण व्यापारीहरु मनोमानी रकममा तरकारीहरु बिक्रीवितरण गर्ने गरेको उपभोक्त्ताहरुको गुनासो रहेको छ । छठ पर्वमा लौकाको तरकारी अनिवार्य रुपले खाने भएको हुदा माग बढी भएका कारण पनि मुल्य आकाशिएको हो ।