सांसद यादवद्वारा गरिब असहाय छठ ब्रतालुलाई साडी वितरण

13

वीरगंज, १३ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले समुदायगत परम्परा कायम राख्न विभिन्न जातजातीको मानिसहरु बीच एक अर्काप्रति श्रदासुमन हुन जरुरी रहेको बताउनु भएको छ ।
वीरगंज महानगरपालिकाको वडा नं. ३१ बेल्वाको कोन्हिया दलित बस्ती, लक्ष्मीपुर, कटगेनवा र मिलन चोकमा रुगंटा वेलफेयर सोसाइटीको सहयोगमा साडी तथा पिठो वितरण गर्नुहु“दै उहा“ले यस्तो बताउनु भएको हो ।
उहा“ले सदियौ“ देखि बस्दै आएको एक अर्काको भाईचारा हुन जरुरी रहेको तथा समपन्नताले अपुगलाई सहयोग गरे समाज सृद्धढ हुदै“ जाने बताउनु भएको थियो ।
वहा“ले दलित, आर्थिक अवस्था कमजोर भएका तथा छठ पर्व मनाउन धौ–धौ परेका दिन दुःखीलाई छठपुजाका लागी साडी तथा पिठो वितरण गर्नु भएको थियो । सांसद यादवको पहलमा २ सय २५ घर परिवारलाई साडी तथा पिठो वितरण गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, उधोगी सुरेश रुगंटा, समाजवादी पार्टी नेपालका उपाध्यक्ष सुन्दर कुर्मी, सुलमान अंसारी, इमामुल अंसारी, जितेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।