संतोष रन्जितकार
वीरगंज, १३ कार्तिक ।
पर्साको छिपहरमाई गाउ“पालिका वडा नं ४ तुलसीबर्वामा बुधबार साना किसानहरुलाई ग्यास चुलो तथा ग्यास सिलिन्डर वितरण गरिएको छ । वार्ड नं. ४ का वडाअध्यक्ष बालक राउत गद्दीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि छिपहरमाई गाउ“पालिका अध्यक्ष मनोज कुमार गुप्ता रहनु भएका थिए । अध्यक्ष गुप्ताले गाउ“पालिका अन्तरगत वडा न ४ बंजारी र तुल्सिवर्वा गाउ“का ३४५ जना सानाकिसानहरुलाई ग्यास चुलो र सिलिन्डर वितरण गर्नु भएको थियो । नेपाल सरकारले साना किसानहरुको लागि दिएको अनुदानको रकमबाट ग्यास चुलो र सिलिन्डर वितरण गरिएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष गुप्ताले सानाकिसानहरुलाई अब दाउराको आवश्यकता नरहेको र घर–घरमा ग्यास चुलो पुर्याउनु नै मेरो लक्ष्य रहेको बताए ।
गाउ“पालिकामा सानाकिसानहरुको पहिचान गरि सानाकिसान कार्ड समेत बितरण गरिएको थियो । सोही कार्डको अधारमा सानाकिसानहरुलाई सरकारले पठाएको सेवा सुविधा प्राप्त हुने जानकारी दिनुभयो । आगामी दिनमा पनि साना किसानहरूको लागि विशेष कार्यक्रमहरु ल्याउने उनले घोषणा गरेका थिए । परिचय–पत्र वितरण हुने गाउ“हरु तुल्सिवर्वा, सम्भौता, मिर्जापुर, जयमंगलापुर, भिस्वा लगायत रहेको अध्यक्ष गुप्ताले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, समसुल मिया, रामएकबाल राउत कुर्मी, स्वास्थ्य संयोजक शम्भु साह, ईन्जिनियर प्रकाश कुमार गुप्ता, महिला सदस्य लगायत महिला र पुरुषहरुको उल्लेख्य सहभागीता रहेको थियो ।