गृष्मा ब्रोडकाष्टि·द्वारा दोस्रो संस्करणको सप्तर· सांगेतिक कार्यक्रमको आयोजना गरिने

23

संतोष रन्जितकार
वीरगन्ज, १४ कात्तिक ।
गृष्मा ब्रोडकास्टि· प्रा. लि.द्वारा गत वर्ष आयोजना भएको सप्तर· सांगितिक यात्राको पहिलो संस्करणको सफलता पश्चात दोस्रो संस्करण आयोजना हुने भएको छ । सातै प्रदेशमा आयोजना हुने कार्यक्रममा सात कलाकारको सहभागिता रहने जनाइएको छ ।
बिहिबार वीरगञ्जस्थित होटेल भिस्वामा आयोजना भएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका संयोजक गृहेन्द्र घिमिरेले पर्यटन प्रर्वद्धनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।
सप्तर· दोस्रो संस्करणमा महानायक राजेश हमाल, गायक सुगम पोखरेल, हिमाल सागर, नेपाल आईडल रवि ओड, गायिका मेलिना राई र हाँस्य कलाकार जितु नेपाल लगायत सहभागि हुनेछन् । कार्यक्रम कात्तिक २० गते बिर्तामोडबाट प्रारम्भ हुने तथा वीरगञ्जमा कात्तिक २२ गते घण्टाघरस्थित शहिद पार्कमा कार्यक्रमको आयोजना हुनेछ ।