छठ पूजाको अवसरमा छठघाटको सरसफाई

13

संतोष रन्जितकार
वीरगंज, १४ कार्तिक ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा छठ पुजाको अवसरमा नगवा पोखरी सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम सामुदायिक सेवा केन्द्र कुम्हालटोलको अध्यक्ष रमेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादव रहनु भएको थियो ।

सांसद यादवले नगवा पोखरी परिसरको सरसफाई गरी कार्यक्रमको शुभारम्भ गरेका थिए भने श्री चण्डि प्रसाद गणका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनसमुदायको ठुलो सहभागितामा पोखरीको सरसफाई सम्पन्न गरिएको थियो । सांसद यादवले नगवाबासीलाई छठ पर्वको शुभकामना समेत दिएका थिए ।कार्यक्रममा छठ पूजा समिति नगवाका प्रतिनिधि वडा नं. ५ का वडाअध्यक्ष प्रदिप चौरसिया र वडा नं. १६ का वडाअध्यक्ष श्यामबाबु चौरसिया, नगवा हाटबजार व्यवस्थापन समितिका अध्यक्ष अशोक पटेल, नगवा प्रहरी चौकीका सहायक निरिक्षक जयकुमार पटेल, बौद्धीमाई मन्दिर विकास सञ्चालक समितिका अध्यक्ष रामाधार चौरसिया, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका पदाधिकारी लगायत संचारकर्मी र स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक सेवा केन्द्रका सचिव श्रवण रायमाझीले गरेका थिए ।
त्यसैगरी तराई पब्लिक कलेजद्वारा वडा प्रहरी कार्यालय श्रीपुरबाट सबैठवा जाने बाटोमा अवस्थित छठघाटको सरसफाई सम्पन्न गरेको छ । सो सरसफाई शिक्षक–शिक्षिका, विद्यार्थी र स्थानीयहरुको सहयोगमा सरसफाई गरिएको थियो ।