बुढानिलकण्ठ स्कूल काठमाडौंमा अध्ययनरत विद्यार्थीद्धारा वीरगंजमा बृक्षारोपण

43

संतोष रन्जितकार
वीरगंज, १५ काक्तिक ।
बुढानिलकण्ठ स्कूल काठमाडौंका कक्षा ९ मा अध्ययनरत्त छात्रा तरनुम बेगमको आयोजनामा शुत्रवार वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

खानेपानी सरसफाई उपभोक्ता समिति वीरगंज १७ को सह–आयोजनामा उपभोक्ता समितिको प्रा·णमा टिक, सपेता, बेल, अशोक, मंगोलियम सखुवा, लहरे पिपल लगायत विभिन्न प्रजातिका एक सय बिरुवाहरु रोपिएका हुन् । खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष ओमकृष्ण लामिछानेको सभापतित्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा खानेपानी डिभिजन कार्यालय बारा, पर्साका प्रमुख जक्की अहमद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गंगाधर महतो, राप्रपा पर्साका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय, नेपाली काँग्रेसका गाउँ कमिटि उपाध्यक्ष गन्नी मंसुरी, श्रीद्धारदेवी मावि अलौंका प्रअ राजु माली लगायत स्थानियबासीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन बेगमका बुवा बसिर अहमदले गरेका थिए । तरनुम बेगमको प्रोजेक्ट वर्क अर्न्तगत सो बृक्षारोपण कार्यक्रम गरिएको थियो ।