सांसद यादवद्वारा छठ ब्रतालुहरुलाई साडी तथा पिठो वितरण

38

संतोष रन्जितकार
वीरगंज, १५ कात्तिक ।
हिन्दुहरुको महान छठ पर्वको अवसर पारी शुक्रबार पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभासदस्य सांसद प्रदिप यादवले पर्सा जिल्ला भित्र रहेका गरिब तथा आर्थिक अवस्था कमजोर भएका छठ ब्रतालु महिलाहरुलाई साडी वितरण गर्नु भएको छ । शुभ श्री जगदम्बा सिमेन्ट र क्याल ग्रुपको सहयोगमा सांसद यादवले नगवा, गहवा, कुम्हाल टोल, मिथिला नगर, मनियारी, भवानीपुर, ईनर्वा टोलमा ६ सय ५ वटा साडी वितरण गर्नु भएको हो ।
हिन्दु धर्म संस्कृतिको अनुसार छठपर्वका बेला ब्रतालुले नयाँ चोखो कपडा लगाएर ब्रत गर्नुपर्ने भएकोले सोही अभिलासालाई पुर्ण गर्न महिला ब्रतालुहरुलाई साडी तथा पिठो वितरण गरेको सांसद यादवले जानकारी गराउनु भएको थियो । वहाँले छठपर्वको शुभकामना दिदै आफ्नो क्षेत्रका प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउदाँ आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको बताउनु भएको थियो ।
वीरगंज महानगरपालिकाको वडा नं. ५, १६, १८, २२ मा भएको कार्यक्रममा शुभ श्री जगदम्बा सिमेन्टका विवेक कुमार, क्याल ग्रुपका रितेश क्याल, प्रदेश सांसद जन्नत अंसारी, वडा नं. १८ का मोहन राउत कुर्मी, वडा नं. १६ का वडा अध्यक्ष श्याम चौरसिया, आनन्द पटेल, हरेन्द्र कुर्मी, अमोद यादव, लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।