अर्थमन्त्रीको गलत मौद्रीक नीतिका कारण मुलुकको आर्थिक क्षेत्र धारापमा पर्दै गएको सांसद यादवको आरोप

6

वीरगन्ज, १८ कार्तिक ।
अर्थमन्त्रीको गलत मौद्रीक नीतिका कारण मुलुकको आर्थिक क्षेत्र धारापमा पर्दै गएको आरोप पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभासदस्य सांसद प्रदिप यादवले लगाउनु भएको छ । वीरगन्जको रानीघाटमा सोमबार सम्पन्न वीरगन्ज–जीतपुर गौशालाको १ सय १३ औ वार्षिक साधारण सभामा बोल्दै सांसद यादवले यस्तो आरोप लगाउनु भएको हो । सो कार्यक्रम गौशाला संचालक समितिका अध्यक्ष विरेन्द्र कुमार संघाइको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अर्थमन्त्रीलाई ॅटिके नेता’ को संज्ञा दिदै सांसद यादवले उधोगी व्यापारीको श्राप लागेको कारण नै मन्त्री परिषदबाट छिटै विदाइ हुन लागेको खुलासा गर्नुभयो । साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै सांसद यादवले उधोगी व्यापारीको संरक्षण र सहयोगको लागी आफु सदैव तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सांसद यादवले वीरगन्जको विकास र आर्थिक लगानीलाई सुरक्षीत बनाउन आफ्नो दायित्व भएको बताउदै उहाले व्यापारीहरुको बिरोधमा सरकारले ल्याएको गलत नीतिको बिरोधमा आफु सदनमा छिटै आवाज उठाउने आश्वासन समेत दिनुभएको थियो ।
सांसद यादवले पुरै विश्व आर्थिक मन्दीबाट गुर्जीरहको बेला राष्ट्रबैंकको नीतिको बैकि· नीति राहत भन्दा उधोग व्यापारलाई आहत बताउने रहेको हुंदा गलत नीतिको बिरुद्ध सबै उधोगी व्यापारीहरुलाई संगठीत हुन आहवान समेत गर्नुभयो । बर्तमानको नाजुकपुर्ण अवस्थामा उधोगी व्यापारी अधोगतीमा गएपनि बैंकका संचालकहरुको लागी कमाइ खाने स्वर्णिम समय आएको सांसद यादवको भनाइ समेत रहेको थियो ।
सांसद यादवले गौशाला संचालन धार्मिक, आर्थिक र बैज्ञानिक रुपमा सबैभन्दा पवित्र कार्य भएको बताउदै वीरगन्ज गौशालाको बिकासको आर्थिक र भौतिक विकासका लागी आफुबाट हुन सक्ने सबै सहयोग प्रदान गर्ने उदघोष गर्दै सांसद यादवले वीरगन्जमा रहेका छाडा गाईहरुलाई व्यवस्थापन गर्न महानगरपालिकाले कडा भन्दा कडा नीति ल्याउनु पर्ने अवस्था रहेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभासदस्य ओम प्रकाश शर्मा र रमेश पटेलले गौशालाको साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै आफुहरुको प्रादेशीक कोषबाट आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका थिए । कार्यक्रममा वीरगन्ज उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, संचालक समिति बाबुलाल चचान, रमेश अग्रवाल लगायत स्थानीय भद्रभलामदी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।